गोर्खाज फाइनान्सले सुख दुःख सेवा गुठिलाई सहयोग प्रदान

gurkhas finance
Visa Travels

गोर्खाज फाइनान्स बौद्ध शाखाले ओम तामाङ सुखदुःख सेवा गुठिलाई एक थान काठको कलात्मक टेबल च्योक्चे सहयोग स्वरुप प्रदान गरेको छ ।

फाइनान्सले बौद्ध शाखाको पाँचौ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बौद्ध स्थित ओम तामाङ सुखदुःख सेवा गुठिलाई एक थान काठको कलात्मक टेबल च्योक्चे सहयोग स्वरुप प्रदान गरेको हो । बौद्ध शाखाले आफ्नो स्थापनाको हरेक वार्षिकोत्सवहरुमा स्थानीय संघ(संस्था लाई सहयोग तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

ads

एक कार्यक्रमकाबीच फाइनान्सकोे प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ तामाङ द्वारा गुठीको अध्यक्ष लगायतको सहभागीतामा सो सहयोग हस्तान्तरण गर्नुभएको थियो । ओम तामाङ सुखदुःख सेवा गुठि स्थानीयरुपमा बौद्धस्थित तामाङहरूको धार्मिक तथा सांस्कृतिक सुखदुःखमा पारस्परिक सहयोग रहोस् भनेर स्थापना गरिएको एक सामाजिक संस्था हो ।

उक्त कार्यक्रममा ओम सुखदुख सेवा गुठिका अध्यक्ष, सचिव, कोषध्यक्ष लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो भने गोर्खाज फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ, बजार व्यवस्थापन प्रमुख सुनिता राइ, बौद्ध शाखा प्रमुख शान्ति थिङ तामाङ र गोर्खाज फाइनान्स लिमिटेड बौद्ध शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमासमा १७ करोड ३ लाख खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोडको निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड कर्जा परिचालन गरेको छ । प्रतिसेयर आम्दानी ३९.२५ रहेको छ भने नेटवर्थ १८५.२१ रहेको छ । खराब कर्जा असुली गर्न सफल हुँदा कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

हाल यस कम्पनीको सातै प्रदेशमा गरेर २३ वटा शाखाहरु संचालनमा रहेका छन् भने विभिन्न वित्तीय सेवाहरुलाई सरल र सहज ढंगले प्रदान गर्दै एटीएम लगायतका सेवा सुविधाहरुलाइ पनि थप गर्दै लगेको छ ।

Visa Travels