महिला लघुवित्तको आइपीओमा हालसम्मकै धेरै आवेदन

mahila laghubitta
Visa Travels

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आइपीओमा अवेदन दिने आज फागुन ५ गते आन्तिम दिन सम्ममा ६२ गुणा भन्दा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धकको अनुसार आज ५ बजे सम्ममा १५,१९,१२८ आवेदकबाट कुल २,३४,३३,७७० कित्ता सेयर खरिद आवेदन परेको छ । यो सर्वसाधारणलाई जारी गरेको सेयरको ६२.४९ गुणा बढी आवेदन हो ।

Place your Ads

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०।५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here