आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीहरुलाई मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड रहेको छ ।