ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न – करिब १० लाख आवेदक भए खाली हात

ipo allotment
Visa Travels

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले जारी गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बाँडफाँड बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयका भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १३,१९,०५९ आवेदकले कुल २,२६,३३,१७० कित्ता सेयर खरिद आवेदन परेको थियो ।

Place your Ads

आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने भाग्यमानी दुई आवेदकले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । सो आईपीओमा आवेदन गरेकामध्ये ९ लाख ९३ हजार ८९४ आवेदक हात खाली भएका छन् । आवेदन दिएकामध्ये ३ हजार ९१२ वटा आवेदन रद्ध भएको छ । आइपीओ नजिता केही समयपछि मेरो सेयर तथा अन्य पोर्टल मार्फत हेर्न सकिनेछ । 

कम्पनीले ३४,९६,४०० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले ३४ करोड ९६ लाख बारबारको सेयर माघ २३ देखि २७ गते सम्मसर्वसाधरणलाई निष्काशन गरेको थियो । सो मध्ये १४७,८२० कित्ता सामुहिक लगानी कोषलाई र ६९,९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो ।

आइपीओ जारी पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८० करोड पुग्नेछ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here