ipo allotment

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बाँडफाँड निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १५,३६,६८२ आवेदकले कुल २३,६९२,६३० कित्ता सेयर खरिद आवेदन परेको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आवेदन दिएका कुला लगानीकर्तामध्ये ३७,५०० आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । सो आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ९९ हजार १८२ आवेदक हात खाली भएका छन् । आवेदन दिएकामध्ये ३ हजार ३५३ वटा आवेदन रद्ध भएको छ ।

आइपीओ नजिता केही समयपछि मेरो सेयर, नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड र महिला लघुवित्तको वेबसाइटबाट हेर्न सकिनेछ ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले माघ ३० गते दखि फागुन ५ गते सम्म सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।

Visa Travels