chandragiri hills

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आइपीओ आज नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीको १,५३,४०,२९० कित्ता साधारण सेयर नेप्सेमा सुचिकृत भएको हो । यस आइपीओमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ता सेयर पाएका थिए । यी मध्ये दुई जना आवेदकले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका थिए।

आइतबारबाट यस कम्पनीको सेयर दोश्रो बजारमा कारोबार हुने भएको छ । कारोबार संकेत सिजिएच (CGH) रहेको छ भने सुरुवाति कारोबारको लागि ओपनिङ रेञ्ज ९६.६९ देखि २९०.०७ रुपैया तोकेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

Visa Travels