janautthan laghubitta

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ४९.४०% बोनस सेयर र २.६०% नगद लाभांश गरी कुल ५२% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ७ करोड ९२ लाख रहेको छ ।

Visa Travels