ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७७ फागुन २३ गते देखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन बन्द फागुन २८ गते हुनेछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आइपीओ निष्काशन अनुमति दिएको थियो ।
कम्पनीले ३० प्रतिशत अर्थात् ६६ करोड बारबारको ६६ लाख कित्ता आइपीओ सर्वसाधरणलाई निष्काशन गर्ने भएको छ । जस मध्ये ५ प्रतिशत अर्थात् ३३०,००० कित्ता आफ्नो कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात् ३३०,००० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।
बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन्। दरखास्त दिनुपर्ने न्यूनतम सेयर संख्या १० रहेको छ भने अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलाई नियुक्ती गरेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।
आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ ।