कुमारी इक्वीटी फण्डको इकाइका लागि आबेदन खुल्ला

kumari equity fund
Visa Travels

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको इकाइहरु आज देखिविक्री खुल्ला भएको छ । निष्काशन बन्द छिटोमा फागुन १८ गते र ढिलोमा फागुन २८ गते हुने छ ।

कुल निष्काशन गरिएको ८ करोड इकाइ मध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाइ कोष प्रबर्द्धक श्री कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी रहेको ६ करोड ८० लाख इकाइ सार्वजनिक निष्काशन गरिएको छ ।

Place your Ads

यो १० वर्षे बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोषको योजना हो।

इच्छुक आवेदकले प्रति इकाइ रु १० रुपैयाका दरले न्युनतम १०० इकाइ देखि ८० लाख इकाइ सम्म अवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिट लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक श्री कुमारी बैंक लिमिटेड रहेको छ ।

Visa Travels