महिला लघुवित्तको आइपीओ बिक्री खुला

mahila laghubitta
Visa Travels

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज माघ ३० गते शुक्रबारबाट निष्काशन खुल्ला भएको छ । आइपीओ निष्काशन बन्द फागुन ५ गते बैंकिङ्ग समय पश्चात हुनेछ ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

Place your Ads

इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here