महिला लघुवित्तले माघ २८ देखि आइपीओ निष्काशन गर्ने

mahila laghubitta
Visa Travels

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ माघ २८ गते देखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन बन्द फागुन २ गते बैंकिङ्ग समय पश्चात हुनेछ । नेपाल धितोपत्र बोर्डले यस लघुवित्तलाई २०७७ माघ ०८ गते आइपीओ निष्काशन गर्न अनुमति दिएको थियो ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०.५प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३, ७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

Place your Ads

इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्नेछन्

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।ipo of mahila laghubitta

Like & Share on:
Visa Travels