आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा १२५%ले बृद्धि

ime general insurance
Visa Travels

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १५ करोड २ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड ६५ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १२५.६६ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ३६ करोड ३९लाख वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३० करोड ६२ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्वीमा कमिशन बापत ८ करोड ९६ लाख आर्जन गरेको छ भने लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ५४ लाख अर्जन गरेको छ ।

Place your Ads

यस अवधिमा कम्पनीले ९ करोड ७ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत १ करोड ४८ लाख र व्यवस्थापन खर्च बापत ७ करोड ५३ लाख खर्च गरेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम ६१ करोड ११ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड रहेको छ भने जगेडा कोषमा २८ करोड ८७ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ४३ करोड ५३ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २७.७८ रहेको छ भने नेटवर्थ १६६.९४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०.२३ गुणा रहेको छ ।

Like & Share on:
Visa Travels