मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले यस त्रैमासमा १४ करोड ७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड १९ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा ७१.६४ प्रतिशतले बढेको छ ।
यस अवधिमा लघुवित्तले ७ अर्ब २९ करोड कर्जा सापटि र २ अर्ब ११ करोड निक्षेप संकलन गरी १० अर्ब ४७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५७ करोड कर्जा सापटि र १ अर्ब ४५ करोड निक्षेप संकलन गरी ५ अर्ब १३ करोड कर्जा बिस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ३० करोड २६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १९ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १६ करोड ६२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ३४ करोड ५३ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २८.१५ रहेको छ भने नेटवर्थ १३४.५४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ ।