नेप्सेमा मंगलबार सानिमा लार्ज क्याप फण्डको इकाइ र दुई कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।
सानिमा लार्ज क्याप १२,००,००,००० इकाई सुचिकृत भएको छ । यस कोष सानिमा क्याटिलको व्यवस्थापन रहेको छ । भोलि देखि यस इकाइको दोश्रो बजारमा कारोबार हुनेछ ।
आइसिएफसि फाइनान्सको १०.५५ अर्थात् ९,७७,६३८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
त्यसैगरी स्पर्श लघुवित्तको १९.५५ अर्थात् १,८२,८०८.९७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।