शिखर इन्स्योरेन्सको साधारणसभा आह्वान, बोनस सेयर पछि ३० प्रतिशत हकप्रद जारी गर्ने

shikhar insurance
Visa Travels

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १५औं तथा १६ औं वार्षिक साधारणभा २०७७ चैत्र ०९ गते कम्पनीको केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

Place your Ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–२०७६ र २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम चुक्ता पुँजीमा संस्थापक सेयरधनीहरुको हिस्सा ६० प्रतिशत बाट ५१ कायम गरी संस्थापक र सर्वसाधारण वीचको अनुपात ५१ः४९ कायम गर्ने भएको छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने पस्ताव रहेको छ । सोही साधारणसभाबाट अधिकृत पुँजी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत अघि बढाएको छ ।

सभा प्रयोजनको लागि २०७७ फागुन २६ गते बाट चैत्र ९ गते सम्म बुक क्लोज रहेको छ । फागुन २५ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels