अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने – बैशाख ०७ गते साधारणसभा

ajod insurance
Visa Travels

अजोड इन्स्योरेन्स लिमिटेडले तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणभा २०७८ बैशाख ०७ गते वल्ड ट्रेड सेन्टर, अमन हल तेश्रो तल्ला, त्रिपुरेश्वर, काठमाठडौंमा विहान ११ बजे हुने भएको छ ।

विशेष प्रस्तावको रुपमा हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थाते २ बराबार १ कित्ता हकप्रद सेयर निष्काशन गर्ने रहेको छ ।

Place your Ads

कम्पनीको प्रबन्धपत्र तथा नियामवली संशोधन प्रस्ताव पारित गर्ने रहेको छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सर्वसाधारणतर्फबाट २ जना संचालको निर्वाचन गर्नेभएको छ ।

सभा प्रयोजनको लागि २०७७ चैत २४ गतेदेखि बैशाख ०७ गते सम्म बुक क्लोज रहेको छ । चैत २३ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels