share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार तीन कम्पनीको बोनस सेयर दोश्रो बजारमा करोबारको लागि सुचिकृत भएको छ ।

सेञ्चुरी बैंकको ६१,८९,६७९.२६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

नेपाल बंगलादेश बैंकको ५०,६९५८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । साथै २२,८२९ कित्ता हकप्रद सेयर पनि सुचिकृत भएको छ ।

त्यसैगरी मिथिला सहयात्री लघुवित्तको १,२१,००० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels