नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस सेयर दोश्रो बजारमा करोबारको लागि सुचिकृत भएको छ ।
नविल बैंकको ३३.५०% अर्थात् ३,३८,२६,६१६.२९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
त्यसैगरी अरुण कावेली पावरको ५.७१% अर्थात् ८,५६,५०० कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।