ग्लोबल आइएमई बैंकले आज चैत १ गते देखि ऋणपत्र निष्काशन खुल्ला गरेको छ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७७ त चैत ४ गते र ढिलोमा फागुन १६ गते हुनेछ ।
बैंकले निष्काशन गर्ने ३० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।
यस “८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८८/८७” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता देखि १० लाख कित्ता सम्म दरखास्त दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।
आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।