ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन खुल्ला

jyoti life insurance
Visa Travels

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको आइपीओ आज २०७७ फागुन २१ गते शुक्रबार देखि सर्वसाधारणलाई निष्काशन खुल्ला भएको छ । आइपीओ निष्काशन बन्द फागुन २६ गते हुनेछ ।

कम्पनीले ३० प्रतिशत अर्थात् ६६ करोड बारबारको ६६ लाख कित्ता आइपीओ सर्वसाधरणलाई निष्काशन गर्ने भएको छ । जस मध्ये ५ प्रतिशत अर्थात् ३३०,००० कित्ता आफ्नो कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात् ३३०,००० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

Place your Ads

बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन्। दरखास्त दिनुपर्ने न्यूनतम सेयर संख्या १० रहेको छ भने अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलाई नियुक्ती गरेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ ।

Visa Travels