प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान

premier insurance
Visa Travels

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २७ औं वार्षिक साधारणभा २०७७ चैत्र २३ गते प्रिमियर भवन, नक्साल, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ ।

सभा प्रयोजनको लागि २०७७ चैत ११ गते बाट चैत्र २३ गते सम्म बुक क्लोज रहेको छ । चैत १० सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels