sarathi nepal laghubitta

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १२ औं वार्षिक साधारणभा २०७८ बैशाख ३ गते होटल अरनिको धुलिखेल, काभ्रेमा, विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८.१३ प्रतिशत बोनस सेयर र ०.४२८२३३ प्रतिशत नगद लभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले एफपिओ (थप सर्वजानिक निष्काशन) सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

यस संस्थाले अन्य वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना संचालको निर्वाचन गर्ने भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ चैत १९ गते देखि बैशाख ३ गतेसम्म बुक क्लोज रहेको छ । चैत १८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels