सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ चैत २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८.१२ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस लघुवित्तको चुक्ता पुँजी २३ करोड ५८ लाख रहेको छ ।