sarbottam cement

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधि मार्फत आईपिओ निष्काशन गर्न बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ भन एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्रि प्रबन्धकको रुपमा छनोट गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपिओ सेयर निष्काशन गर्न लागेको छ । उक्त ६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएछ भने बाँकी रहेको ३६ लाख कित्ता स्थानीय र सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ । हालको पुँजी ३ अर्ब ४० करोड रहेको छ

Visa Travels