सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ८औं वार्षिक साधारणभा २०७७ चैत ३१ गते पुतलीबजार नगरपालिका ३ स्यांजामा, विहान ८ बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५.३४ प्रतिशत बोनस सेयर र ०.८० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सर्वसाधारणको हिस्सा बृद्धि गरी ३० प्रतिशत कायम गर्न एफपिओ सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । हाल संस्थापकको ७८.२४८२ प्रतिशत र सर्वसाधारणको २१.७५ प्रतिशत हिस्सा रहेको छ ।
यस संस्थाले अन्य वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना संचालको निर्वाचन गर्नेभएको छ ।
हाल यस लघुवित्तको चुक्तापुँजी २१ करोड ५० लाख रहेको छ ।
सभा प्रयोजनको लागि २०७७ चैत १९ गते देखि ३१ गते सम्म बुक क्लोज रहेको छ । चैत १८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।