महिला लघुवित्त र ग्रीनलाईफ हाइड्रोपावरको सेयर कारोबार आजदेखि हुने भएको छ । दुवै कम्पनीको आईपीआ सेयर हिजो सोमबार नेप्सेमा सुचिकृत भएको हो । महिला लघुवित्त वित्तीय संस्थाको १०,००,००० कित्ता सेयर सुचिकृत भएको छ भने ग्रीनलाईफको १,८०,००,००० कित्ता सेयर सुचिकृत भएको छ ।
ग्रीनलाईफ हाइड्रोपावरले सुरुवाती कारोबार रेञ्ज रु ९९.६७ देखि २९९.०१ पाएको छ भने कारोबार संकेत जिएलएच (GLH) रहेको छ ।
त्यसैगरी महिला लघुवित्तले सुरुवाती कारोबार रेञ्ज रु ३३३.१६ देखि ९३९.४८ पाएको छ भने कारोबार संकेत एमएलबिएसएल (MLBSL) रहेको छ ।