unnati sahakarya laghubitta

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौं वार्षिक साधारणभा २०७७ चैत ३१ गते होटल पौवा,भैरहवा, रुपन्देहीमा विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १७.८१ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर पश्चात कम्पनीले सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न रु १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

यस संस्थाले अन्य वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना संचालको निर्वाचन गर्ने भएको छ ।

बोनस सेयर तथा एफपिओ बाँडफाँड पछि कम्पनीको जारी तथा चुक्ता पुँजी १८ करोड ९८ लाख कयाम हुनेछ । त्यसैगरी अधिकृत पुँजी ३८ करोड कायम रहेको भएको छ ।

सभा प्रयोजनको लागि २०७७ चैत १८ गते एक दिन बुक क्लोज रहेको छ । चैत १७ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels