नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक सहित चार कम्पनीको बोनस सेयर तथा हकप्रद सेयर करोबारको लागि सुचिकृत भएको छ ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १३% आर्थत् १,८८,८३,७५० कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
गरिमा विकास बैंकको १३.५०% अर्थात् ४३,७२,२३०.७३ कित्ता बोनस सयर सुचिकृत भएको छ ।
नागरिक लगानी कोषको ८४.८४% अर्थात् १,३५,९२,२९२ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।
त्यसैगरी साना किसान विकास लघुवित्तको २५,००,५७३.५६४२ कित्ता बोनस सेयर र १२,४४२ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।