नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार तीन कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ । निम्न कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको हो ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ५% अर्थात् १,२७,५७५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
ङादी ग्रुप पावर लिमिटेडको १०% अर्थात् ५३५,५५४.८० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
त्यसै गरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७% अर्थात् ६१०,९९८.७९५० कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।