एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन प्रक्रिया थालेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न एनआइबीएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धको रुपमा नियुक्ति गरेको छ ।
बैंकले गत असार १४ गते सम्पन्न आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट १०ः३० हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो।
कम्पनीले प्रति कित्ता १०० का दरले २४,३३,३६३.६७४२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।