फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले यस त्रैमासमा ९ करोड ७८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ६६ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १२.९४ प्रतिशतले बढेको छ ।
यस अवधिमा लघुवित्तले ८ अर्ब ९२ करोड कर्जा सापटि गरी ८ अर्ब २७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६८ करोड कर्जा गरी ५ अर्ब ५७ करोड कर्जा बिस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी १८ करोड ५७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ८७ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १५ करोड ५३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ७३ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ८७ करोड ६८ लाख रहेको छ भने जगेडा कोषमा २३ करोड ३५ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १४.८९ रहेको छ भने नेटवर्थ १२६.६४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५९.३९ गुणा रहेको छ ।