ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३२.४० प्रतिशतले बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा ३ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब ७० करोड आर्जन गरेको थियो ।
बैंकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर २ खर्ब २२ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९० अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ६ अर्ब ८७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५ अर्ब ३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७९ करोड रहेको थियो ।
व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी बढे सँगै अन्य संचालन आय बृद्धि हुँदा नाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २ अर्ब ५६ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६३ करोड रहेको छ । जगेडा कोषमा ७ अर्ब ९२ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब ६५ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.१४ प्रतिशतबाट बढेर १.६१ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १८.९९ बाट बढेर रु २२.०५ रहेको छ भने नेटवर्थ रु १४८.९२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.४० गुणा रहेको छ ।