गोर्खाज फाइनान्सले लाभांश वितरण नगर्ने – साधारणसभा बैशाख २१ गते

gurkhas finance
Visa Travels

गोर्खाज फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कुनै पनि लाभांश तथा हकप्रद प्रस्ताव बिनै साधारणसभा आह्वान गरेको छ ।

फाइनान्सको २६ औं साधारणसभा २०७८ बैशाख २१ गते अम्रपाली व्याङ्केट क्याटेरिङ्ग इभेन्ट, भाटभाटेनी, काठमाडौंमा विहान १०ः३० बजे हुने भएको छ ।

ads

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८६ करोड ७९ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७८ बैशाख ०६ देखि २१ गते सम्म बुक क्लोज रहेको छ । बैशाख ०५ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

Visa Travels