ru ru jalvidhyut

रुरु जलविद्युत परियोजना लिमिटेडले जारी गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । बाँडफाँड कार्यक्राम एनएमवि क्यापिटलको कार्यालय, नागपोखरीमा विहान ८ः३० बजे भएको हो ।

यस आइपीओमा कुल १५ लाख ९० हजार ८९६ जना योग्य आवेदकबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको छ ।

जारी गरिएको भन्दा अत्याधिक आवेदन परेकोले गोलाप्रथा मार्फट भाग्यमानी ३७,९१६ जना आवेदकले १०कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ७ जनाले थप १–१ कित्ता गरी ११ कित्ता पाएका छन् ।

कम्पनीले चैत २० देखि २४ गते सम्म ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गरेको थियो । कम्पनीले २ प्रतिशत अर्थात ८,१५४ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात २०,३८५ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३७९,१६७ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

आइपीओ नतिजा हेर्नको लागिः

iporesult.cdsc.com.np,  MeroShare,NMB Capital, and Ru Ru Jalbidhyut.

 

Visa Travels