सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न – नतिजा यसरी हेर्नुहोस्

singati hydro energy
Visa Travels

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आइपीओ सेयर आज शुक्रबार ११ बजे बाँडफाँड सम्पन्न भएको छ । मेगा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कुल १५ लाख ६५ हजार ५३० जना आवेदकले २ करोड २८ लाख ४९ हजार ६७० कित्ताको लागि आवेदन परेको छ । योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ भने ५ हजार ७२८ आवेदन रद्ध भएको छ ।

Place your Ads

यस आइपीओ गोलाप्रथाबाट २,६९,७०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले आइपीओ २०७७ चैत ०६ गते देखि चैत १० गतेसम्म रु १०० रुपैयाँको दरले २९,००,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५८,००० कित्ता र ५प्रतिशत अर्थात् १,४५,००० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २६,९७,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

आइपीओ जारी पछि चुक्तापुँजी १ अर्ब ४५ करोड पुग्नेछ ।

आइपीओ नतिजा सेही समय पछि निम्न साइटमर्फात हेर्न सकिनेछ ।

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/

Visa Travels