सिंगटी हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँड हुने

singati hydro energy
Visa Travels

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आइपीओ सेयर भोली शुक्रबार बाँडफाँड हुने भएको छ । भोली बिहान ११ बजे मेगा क्यापिलको कार्यालयमा बाँडफाँड हुने छ ।

कम्पनीले आइपीओ २०७७ चैत ०६ गते देखि चैत १० गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

Place your Ads

कम्पनीले रु १०० रुपैयाँको दरले २९,००,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५८,००० कित्ता र ५प्रतिशत अर्थात् १,४५,००० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २६,९७,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार १६ लाख २२ हजार ७२१ जना आवेदकले २ करोड ४७ लाख १० हजार ८८० कित्ताको लागि आवेदन दिएका छन्। यस आइपीओ भाग्यमानी २,६९,७०० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने १३ लाख ८३ हजार आवेदक हात खाली हुन छन् ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०१ करोड रहेको छ । आइपीओ जारी पछि चुक्तापुँजी १ अर्ब ४५ करोड पुग्नेछ ।

Visa Travels