initial public offering - IPO

मध्य भोटेकोशी जलविद्युत कम्पनीले १ अर्ब ५० करोड बारबारको प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको जारी पूँजीको २५ प्रतिशत हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने १५ अर्थात् प्रतिशत ९० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

Visa Travels