रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ शुक्रबार देखि सर्वसाधरणको लागि बिक्रीमा आउने भएको छ । आइपीओ निष्काशन बन्द छिटोमा २०७७ चैत २४ गते हुनेछ ।
कम्पनीले ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गरको छ । कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले २ प्रतिशत अर्थात ८,१५४ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात २०,३८५ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३७९,१६७ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । आवेदन सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत दिन सक्नेछन् ।
निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।