रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ सेयर डिम्याट खातामा आएको छ । रुरु (Ru Ru) सिम्बलमा कम्पनीको शेयर डिम्याट खातामा आएको हो । नेप्सेमा सुचिकृत भएपछि मात्र दोश्रो बजारमा कारोबार हुनेछ ।
यस आइपीओ गोलाप्रथा मार्फत भाग्यमानी ३७,९१६ जना आवेदकले १०कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ७ जनाले थप १–१ कित्ता गरी ११ कित्ता पाएका छन् ।
कम्पनीले चैत २० देखि २४ गते सम्म ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गरेको थियो । कम्पनीले २ प्रतिशत अर्थात ८,१५४ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात २०,३८५ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३७९,१६७ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।