सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको कुल कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर सुचिकृत भएको हो । यस कम्पनीको भोलिबाट एसएचइएल (SHEL) सिम्बलबाट सेयर कारोबार हुनेछ । पहिलो कारोबारको लागि नेप्सेले १०० देखि ३०० सम्मको रेन्ज तोकेको छ ।
कम्पनीले २०७७ चैत ०६ गते देखि चैत १० गतेसम्म रु १०० रुपैयाँको दरले २९,००,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५८,००० कित्ता र ५प्रतिशत अर्थात् १,४५,००० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको २६,९७,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०१ करोड रहेको छ । आइपीओ जारी पछि चुक्तापुँजी १ अर्ब ४५ करोड पुग्नेछ ।