ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा ६० करोड २५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४१ करोड ३ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३८.१९ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले ४५ अर्ब ३१ लाख निक्षेप संकलन गरेर ३९ अर्ब ५३ लाख कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ३१ लाख निक्षेप संकलन गरेर २९ अर्ब ७१ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब १ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ८६ करोड १४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६२ अर्ब ३१ करोड रहेको थियो ।
व्यावसायिक आम्दानी सामान्य बृद्धि भएपनि अन्य संचालन आय बृद्धि हुँदा मुनाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४३ करोड ३१ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ८४ करोड रहेको छ । जगेडा कोषमा ८५ करोड २१ लाख छ भने कम्पनीको संचित नाफा ४३ करोड ६९ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशतबाट ०.५८ प्रतिशत सम्म घटाउन सफल भएको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १६.६३ बाट बढेर रु २०.८९ रहेको छ भने नेटवर्थ रु १३३.५३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ ।