kumari bank

कुमारी बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ८० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब १ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ७८.५८ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ अर्ब २९ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब अर्ब १६ लाख निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ५९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रहेको थियो ।

बैंक मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दनीमा बृद्धि सँगै अन्य संचालन आय बृद्धि हुँदा नाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ९८ करोड ४६ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ८७ करोड रहेको छ । जगेडा कोषमा ३ अर्ब ८० करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ३ करोड लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९८ प्रतिशतबाट बढेर १.०९ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.१३ बाट बढेर रु १७.३७ रहेको छ भने नेटवर्थ रु १३५.४९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।

Visa Travels