लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७८ बैशाख २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लभांश गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल वीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।