मध्य भोटेकोशी जलविद्युत कम्पनीले २०७८ वैशाख २१ गतेबाट प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । यस आइपीओ सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रको स्थानियलाई जारी गरिएको हो । आइपीओ निष्काशन बन्द छिटोमा २०७८ जेठ २ गते र ढिलोमा जेठ २० गते बन्द हुनेछ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गरेको छ ।
दोश्रो चरणमा कम्पनीले १५ अर्थात् प्रतिशत ९० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको जारी पूँजीको २५ प्रतिशत हो ।
उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।