मेगा बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ९७ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ४५ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३५.९५ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले १ खर्ब ३३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३३ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ४ अर्ब ८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १८ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ७७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७ करोड रहेको थियो ।
व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी बढेसँगै अन्य संचालन आम्दानी बृद्धि हुदाँ खुद मुनाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब २९ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ६५ करोड रहेको छ । जगेडा कोषमा २ अर्ब ९७ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ९७ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.३१ प्रतिशत रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु १८.१९ रहेको छ भने नेटवर्थ रु १३६.४१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १७.६५ गुणा रहेको छ ।