मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब ५६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६७ करोड ६० लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४८.७५ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले ७९ अर्ब ९० करोड निक्षेप संकलन गरेर ६९ अर्ब ५७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ३१ लाख निक्षेप संकलन गरेर ४७ अर्ब ६६ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ८९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ४२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९६ करोड ५७ लाख रहेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी बढे सँगै खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ८२ करोड ८७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ८१ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब १ करोड छ भने कम्पनीको संचित नाफा ८३ करोड ५८ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.०९ प्रतिशतबाट बढेर ०.२१ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १८.७३ बाट बढेर रु २७.८७ रहेको छ भने नेटवर्थ रु १८३.४३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ ।