मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । निष्काशन प्रक्रियाको लागि बैंकले साानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले प्रतिऋणपत्र रु.१,०००÷–अंकित मूल्यका १२ लाख ५० हजार कित्ताले हुन आउने रु.१ अर्ब २५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । जसमध्ये ७ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.७५ करोड ऋणपूँजी रकम ब्यक्तिगत तवरबाट बिक्री गरिने तथा ५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.५० करोड ऋणपूँजी रकम (सो मध्ये ५ प्रतिशतअर्थात २५,००० कित्ताऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्नेछ ।
यस मुक्तिानाथ ऋणपत्र २०८४८५मा बाषिर्क ८.७५ प्रतिशत व्याज पाउनेछ ।