नबिल बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ३ अर्ब ६७ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ अर्ब १५ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १६.५० प्रतिशतले बृद्धि भएको छ ।
बैंकले २ खर्ब ८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ८६ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ६ अर्ब ७३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब १ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५ अर्ब २४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५० करोड रहेको थियो ।
बैंक मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दनी घटे सँगै अन्य संचालन आय बृद्धि हुँदा नाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३ अर्ब ८० करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ४८ करोड रहेको छ । जगेडा कोषमा १३ अर्ब ८४ करोड छ भने कम्पनीको संचित नाफा ३ अर्ब ६८ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.६३ प्रतिशतबाट घटेर ०.४८ प्रतिशत रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ४५.७४ बाट घटेर रु ३६.६३ रहेको छ भने नेटवर्थ रु २३०.०२ रहेको छ ।