jyoti life insurance

ज्योति लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १२ करोड ७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ११ करोड ५१ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४.८९ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले २ अर्ब २१ खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १० करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क १००.९७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १९ करोड ६३ लाख र वीमालेख धितो कर्जाबाट २ करोड ८५ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १० करोड ११ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३४ करोड ५ लाख र व्यवस्थापन खर्च बापत ३१ करोड १९ लाख खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या ८३ हजार १ सय ६७ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रहेको छ भने जगेडा कोषमा ६० करोड ४ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ३ अर्ब ४९ करोड रहेको छ भने महाविपत्ती कोषमा ६ करोड ६७ लाख रहेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ४ अर्ब ८७ कारोड र बीमालेख धितो कर्जामा ४४ करोड ५५ लाख परिचालन गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ७.३२ रहेको छ भने नेटवर्थ १३०।३३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ ।

Visa Travels