सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब ५४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ०९ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४१.६१ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ अर्ब ८ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ४९ लाख निक्षेप संकलन गरेर ७८ अर्ब ९७ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ५४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ९७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५२ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ३४ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ६६ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब ९ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ३७ करोड लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १७.६७ रहेको छ भने नेटवर्थ रु १४६.८७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.९७ गुणा रहेको छ ।